मर्कूस

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16


अध्याय 1

1 येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
2 यशैयाहले लेखेकाछन्:“सुन। म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”
3 ‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’”
4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मादिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।
5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
6 यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
7 त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ।
8 म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।
9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए।
10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो।
11 स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।
12 त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो।
13 चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे।
14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।
15 येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।
16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।
17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”
18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दूई दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरु आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।
22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।
23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।
24 त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”
26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एका-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहेको भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।
28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।
29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।
30 सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।
33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।
34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
35 भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए।
37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन।
38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”
39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।येशूद्वारा एकजना रोगी निको भयो
40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।
41 येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”
42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो।
44 येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।
45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।




अध्याय 2

1 केही दिनपछि, येशू कफर्नहुममा र्फकनुभयो। येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो।
3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
4 तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।
5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
6 केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे।
7 उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।
8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ
9 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? तिम्रा पापहरू क्षमा गरिएको छ, भन्नु वा, उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ भनी।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो,
10
11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्‌यौना बोक अनि घर जाऊ।
12 त्यो पक्षाघातको रोगी जुरूक्क उठयो। उसले आफ्नो बिछ्‌यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।
13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्‌यो, र येशूलाई पछ्याउन लाग्यो।
15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए।
16 केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ?”
17 येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धार्मिकहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।
18 यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”
19 येशूले जवाफ दिनुभयो, जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन।
20 तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास लिन्छन्।
21 कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ।
22 त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किन? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।
23 विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।
24 फरिसीहरूले यो देखेर येशूलाई भने, तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।
25 येशूले भन्नुभयो, तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे
26 यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।
27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।
28 यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।




अध्याय 3

1 अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।
2 कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
3 येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।
4 अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब
5 गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
6 तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
7 येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
8 यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।
9 उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो
10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।
11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।
12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।
13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे।
14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।
15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।
16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन (जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो),
17 याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),
18 अन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो,) थेदियस, सिमोन कनानी,
19 अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो।
20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”
23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?
24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।
26 जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
27 यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ।
28 म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।
29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”
30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।
31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खडा भएर एकजनालाई येशूलाई बोलउन पठाए।
32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू तपाईंलाई पर्खी बाहिर बसिरहेकाछन्।”
33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”
34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।
35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”




अध्याय 4

1 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढनु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।
2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
3 “सुन! एकजना किसान बीऊ छर्न गयो।
4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए।
5 केही बीऊहरू चट्टान भएको भूईमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।
6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन।
7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढन दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।
8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
9 अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।
12 किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”
13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सवछौ? यदि तिमीहरूले बुझन सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ?
14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।
15 कहिलेकहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
16 अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।
17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
18 अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन, तिनीहरू वचनहरू सुन्द्छन्।
19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
20 अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्दछन् ग्रहण गर्दछन् अनि वचनहरू तिनीहरूमा बढदछन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याऊछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।
22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरुमा प्रकाशमा आउनेछन्।
23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”
24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरुमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिदँछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।
25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफुसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
27 बिऊहरू उम्रेर बढन थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रंदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।
28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।
29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”
30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।
32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगऊँदछ।”
33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।
35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”
36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
37 समुद्रमा त्यस बेला डरलागदो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।
38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के वास्ता गर्नुहुन्न?”
39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझ्पनि विश्वास छैन?”
41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”




अध्याय 5

1 येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।
2 जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।
3 त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,
4 धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।
5 रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।
6 जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।
7 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”
8
9 त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।
10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।
11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।
12 दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”
13 अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।
14 सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।
15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।
16 केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।
17 अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।
18 येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।
19 तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”
20 तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।
21 येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।
22 सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।
23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”
24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
25 ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।
26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।
27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।
28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”
29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।
30 अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’
31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”
32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।
33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।
34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”
35 येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”
36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।
38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।
39 येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”
40 तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।
41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
42 सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।
43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।




अध्याय 6

1 येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसंगै गए।
2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “योमानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्?
3 के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।
5 येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरु केही सक्तिको काम गर्नु भएन।
6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानूभयो र शिक्षा दिन लाग्नुभयो।
7 येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुई दूई जनाको दलमा पठाऊनु भयो। येशूले दुष्टआत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।
8 येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक।
9 जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक।
10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।
11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”
13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्टआत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।”अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै र्वष अघि थिए।”
16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊँको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
17 हेरोद आफैले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।
18 यूहन्नाले हेरोदलाई भनेका थिए, तिमीलाई तिम्रा भाइकी पत्नीसंग विवाह गर्ने अधिकार छैन।
19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिइन। अनि हेरोदियास उसलाई मार्न चाहन्थिइन। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिइनन्।
20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घटना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।
22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसंग खाँदै थिए खुशी पारी।अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”
23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसंग म के चीज माँगु?”उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माँग।”
25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उस्ले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।
27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो।
28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्।
29 यूहन्नाको चेलाहरूले यो घटना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।
31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
32 यसकारण येशु र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।
33 तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे।
34 जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर योशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।
36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”चेलाहरूले येशूलाई भने, “के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसंग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसंग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड झुण्ड भएर हरियो घाँसमा बस्नु भन।”
40 अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः
50 जना वा
100 जना मानिस थिए।
41 उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
42 सबैले अघाउञ्जेल खाए।
43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे।
44 त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिडनु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो।
49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।
50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”
51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।
52 तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।
54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।
55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनकौं रोगीहरूलाई लिएर आए।
56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।




अध्याय 7

1 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।
2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।
3 फरिसीहरू र सबै यहुदीहरुले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरु आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।
4 यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6 येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन् यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्दछन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरु केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’
8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।
10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ। फेरि उनले भनेका छन् कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।
11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु।
12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।
13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यर्स्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।
15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्‌छन्।”
16 तिमीहरू जसले मलाई सुनिरहेकाछौ, सुन।
17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे।
18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन
19 किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
20 फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।
21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या
22 वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि अशुद्ध तुल्याउँछ।”
24 यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।
25 एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
26 त्यो आईमाई यहूदी थिईन्। उ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
27 येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
28 आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
29 तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
31 त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।
32 जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
33 येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
34 येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा”)
35 जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।
36 येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।
37 मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”




अध्याय 8

1 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसंग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।
2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।
3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”
4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसंग कतिवटा रोटीहरू छन्?”चेलाहरूले जवाफ दिए, “हामीहरूसंग सातवटा रोटीहरू छन्।”
6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।
7 चेलाहरूसंग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढनु भन्नु भयो।
8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।
9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।
10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसंग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
11 फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”
13 तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
14 डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।
15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू भझ्न सक्तैनौ?
18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैन के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहूँदा मैले के गरे।
19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?”चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”
20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझन् सकेका छैनौ?”
22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।
23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो।
26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा , येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हूँ भनी भन्दछन्?”
28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नू।”
31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गरे कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदा बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।
32 येशूले पछि घट्ने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे।
33 तर येशू फनक्क फर्के र चलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुसरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ।
35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?
37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन।
38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”




अध्याय 9

1 त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँचो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्”
2 छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बदलियो।
3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन ।
4 जब तिनीहरूले हेरिरहेका थिए दुईजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।”
6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफै र अरू दूईजना चेलाहरू डराएका थिए।
7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
8 अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
9 येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नू। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”
10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।
11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछ। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्
13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घटनाहरू हुनेछ भनेर लेखिएको छ।”
14 त्यसपछि येशू, पत्रुश, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसंग शास्त्रीहरूको बहस चलिरहेको थियो।
15 जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।
16 येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसंग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”
17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।
18 त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूँइमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाहा किटछ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।
19 येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
20 त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लडयो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फींजहरू निकालिरहेको थियो।
21 येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।
22 दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मदत गर्नुहोस।”
23 येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मदत गर्नुहोस्।”
25 येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”
26 त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा फछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।”
27 तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मदत गर्नुभयो।
28 त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसंग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”
29 येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”
30 त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोडनुभयो. तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए।
31 येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”
32 तर चलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।
33 येशू र आफ्ना चेलाहरू कफर्नहुम जानूभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”
34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सब भन्दा महान को होला भन्ने कुराको चर्चा भएको थियो।
35 येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”
36 त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो,
37 “यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
38 यसकारण यूहन्नाले भने “गुरूज्यु, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन।
40 यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ।
41 म तिमीहरूलाई साँचो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।
43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ ।
44
45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अंग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो।
46
47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुईवटै आँखासंग नरकमा फ्याँकिइनु भन्दा उत्तम हो।
48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।
49 तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।
50 नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका अर्कामा शान्ति कायम राख।”




अध्याय 10

1 त्यसपछि येशूले त्यो ठाऊँ छाडनुभयो। उहाँ यहूदीयाको र इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकों मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।
2 केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसंग विवाह विच्छेद गर्नु उचित हो?”
3 येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”
4 फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसंग विवाहविच्छेद गर्न सक्छ।”
5 येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ।
6 तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,
7 त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वस्नीसंग बस्छ।
8 अनि तब ती दुइजना एक हुन्छन्।
9 यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दूइजना रहँदैनन् एक हुन्छन।”
10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।
11 उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।
12 त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसंग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसंग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
13 मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।
14 त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।
15 म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
16 त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
17 येशू हिडन लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
18 येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।
19 यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ।”
20 त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
21 येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
22 जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
23 त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ”
24 अनि येशूका कुरामा चेलाहरू अचम्भित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।
25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”
27 येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर यी सबै परमेश्वरमा असम्भव छैन। किनभने, परमेश्वरको निम्ति यी सबै सम्भव छ।”
28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यूभाई, दिदी बहिनी, आमा बाबु, बालकहरू वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ
30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यूभाईहरू, दीदी-बहिनीहरू, आमाहरू बालकहरू अनि खेत सबै पाउनेछ। यी सहित उसले यातना पाउने छ, र तब आउनेवाला समयमा उसले अनन्त जीवन पाउनेछ।
31 अहिले जो धेरै छन् अगाडी भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले धेरै जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुने छन्।”
32 येशू साथमा भएका अरू मानिसहरूसंग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ?
33 येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।
34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
35 त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”
36 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”
37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”
38 येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
39 छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ।
40 तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र युहन्नासंग रिसाए।
42 येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँदछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्।
43 तर तिमीहरूसंग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ।
44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ।
45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसंग त्यो शहर छोडदै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमैं (तिमैको छोरो) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सँधै पैसा मगिरहन्थ्यो।
47 त्यस अन्धो मानिसले नासरतदेखि यशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशु, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”
48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु हूकूम गरे। तर त्यो अन्धो मानिस झन झन चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मदत गर्नुहोस्।”
49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।”
50 त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रंदै येशूकहाँ गयो।
51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।




अध्याय 11

1 येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो।
2 यशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई सांग्लोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।
3 यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।”‘
4 चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले।
5 त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?”
6 चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।
7 त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो।
8 अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए।
9 केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडदै थिए। सबै मानिसहरू कराउँदै थिए,“उहाँको प्रशंसा गर स्वागत गर परमेश्वरले उहाँलाई आशीर्वाद गरून जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!
10 हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जून राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!”
11 येशू यरूशलेममा जानूभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।
12 अर्को दिन, तिनीहरूले बेथानि छोडनुभयो। येशू भोकाउनु भएको थियो।
13 येशूले टाढामा एउटा अञ्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।
14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।
15 तिमीहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो।
16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन।
17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रहरूमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”
18 मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसंग डराएका थिए।
19 त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोडनुभयो।
20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसंग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अञ्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अञ्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो।
21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अञ्जीरको रूखलाई हेर्नुहवस जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”
22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
23 म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खणडमा तिमीले भनेको कुरा घटने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।
24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछै। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।
25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”
26
27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए।
28 तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसंग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ।
30 यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?
31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो, येशूले भन्नु हुनेछ, त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’
32 तर यदि हामीले भन्यौ, यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो, मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसंग भयभीत थिए। सबैलाई यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो)।
33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”




अध्याय 12

1 येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
2 केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।
3 तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए।
4 फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।
5 फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।
6 अब त्यस मानिससंग खेतीवालहरूकहाँ फठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।
7 तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुनछ। यसकारण हामी यसलाई मारौ तब यो दाखबारी हाम्रै हुनेछ।
8 तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।
9 यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ।
10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौलानिर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।
11 परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्भ भएका छ।” भजनसंग्रह 118:22-23
12 ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।
13 त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रने चाहन्थे।
14 फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”
15 तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
16 तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”
17 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।
19 तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।
20 सातजना दाज्युभाइ थिए। पहिलो दाज्युले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।
21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। उ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घटना घट्यो तेस्रो भाइसँग पनि।
22 सबै सात दाज्यु भाइले त्यस स्त्रीलाई विवाह गरे अनि प्रत्येक मरे। कुनै पनि सात दाज्यूभाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी।
23 तर सबै सातजना दाज्यूभाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब मानिस मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने चाँहि को हुने छ?”
24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ।
25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्।
26 मरेका मानिसहरूको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहामको परमेश्वर हुँ, इसहाकको परमेश्वर र याकूबको परमेश्वर।
27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
28 शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसंग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?’`
29 यशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्।
30 तिमीहरुले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।
31 दोस्रो महान आज्ञा यस्तो छः तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छौ।यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”
32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
34 येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।
35 येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्?
36 पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छःपरमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।
37 दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्नुहुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?’ धेरै मानिसहरूले येशूलाई खूबै आनन्दित भएर सुने।
38 येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडन मन पराउँछन। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।
39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्।
40 तिमीहरू विधवाहरूसंग कप्टयाइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”
41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।
42 तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई । तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।
44 ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मदत पुर्याउनको लागि नै हो भन्ने ठानी।”




अध्याय 13

1 येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला ठूला ढुंगाहरूले बताएर अति सुन्दर भएको छ।”
2 येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुंगा भूँइमा फयाँकिनेछ। एउटाकोमाथि अर्को कुनै ढुंगा त्यहाँ रहने छैन।”
3 त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र अन्द्रियास संग अलग्ग हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,
4 हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?”
5 येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्।
6 धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन् म नै एक हुँ। अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्।
7 तिमीहरूले लडाईको बारेमा सुन्ने पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घटनाहरू घट्नेछ।
8 राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
9 तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिटनेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन्। तीनीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछन
10 यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ।
11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफै बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
12 दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन।
13 सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।
14 तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।
15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन।
16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
17 हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ।
18 यस्तो घटना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर।
19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलसम्म फेरि भएको छैन। अनि यस्तो महासकंष्टहरू फेरि घटने छैन।
20 उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
21 त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।
22 झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।
23 यसकारण होशियारी बन। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
24 तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
25 आकाशबाट तारहरू झर्नेछन् अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्
26 त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्
27 मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन् ।
28 अञ्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अञ्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ
29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।
30 म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।
31 स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।
32 “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।
33 होशियार रहो। सँधैं तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
34 यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ।
35 यसकारण तिमीहरू सँधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हूँदैनौ। उ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ।
36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रहयौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।
37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!”‘




अध्याय 14

1 निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।
2 तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रन हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दगां मच्याउने डर हुन्छ।”
3 येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।
4 केही चेलाहरूले जसले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको
5 त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।
6 येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी।
7 गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
8 त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।
9 म तीमीहरूलाई साँचो भन्दछु। जहाँ कही पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”
10 त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यष्ठ्वो।
11 मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि यशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।
12 यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?”
13 येशूले आफ्नो दूइजना चेलाहरूलाई नगर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “नगरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।
14 त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिक संग भनः गुरूज्यु सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।
15 घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”
16 यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।
17 साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो।
18 जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरू बाह्रजना मध्य एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसंगै अहिले खाईरहेको छ।”
19 चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”
20 येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसंगै कचौरामा रोटी चोप्दैछ।
21 मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरु पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”
22 जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुका टुका पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”
23 त्यसपछि यशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए।
24 त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
25 म तिमीहरूलाई साँचो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”
26 तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।
27 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छःम गोठालोलाई मार्नेछु, अनि भेडाहरू तितरबितर हुनेछन्।
28 तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिनीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”
29 पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”
30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”
31 तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसंगै मर्नू परेता पनि म कहिल्यै तपाईंलाई इन्कानेर् छुईन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।
32 येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”
33 येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसंग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।
34 उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।”
35 अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्।
36 उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भ्व छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नूहोस्।”
37 तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ?के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ
38 जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”
39 फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो।
40 फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा र्फकनु भयो। उहाँले तिनी हरूलाई सुतिरहकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।
41 येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो।
42 उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।”
43 जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासंग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए।
44 यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”
45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए।
46 तब मानिसहरूले झम्टेर येशूलाई पक्रे।
47 कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।
48 तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ?
49 प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ ।तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।
50 “त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।
51 एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलकोवस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रेने कोशिश गरे।
52 तर त्यसले त्यो मलमलको बस्त्र छाडयो अनि बस्त्र विहीन् भाग्यो।
53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए।
54 पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।
55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्।
56 अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।
57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने,
58 हामीहरूले यस मानिसले भनेका र्छों, मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हूँदैन।”‘
59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।
60 त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँचो कुराहरू गरिरहेका छन?
61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
62 येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”
63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र?
64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।
65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।
66 त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।
67 त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी।तब त्यो केटीले भनी, “नासरतको येशूसंग तिमी पनि थियौ?”
68 तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहे का छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।
69 त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।”
70 फेरि पत्रुसले यी कुरा साँचो होइन भनेर भने।केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरुको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”
71 त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैंछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खाँन्छु।”
72 अनि तुरन्तै, दोस्रोपल्ट भाले बास्यो। त्यपछि पत्रुसलाई येशूले भन्नु भएको अघिका कुराहरू शम्झन थाले, “दुईपल्ट भाले बास्नु अघिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट भन्ने छौ” पत्रुस त्यसपछि खुबै दुःखित भए अनि रून लागे।




अध्याय 15

1 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”
3 मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए।
4 यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे। के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिनीहरूमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”
5 तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।
6 प्रत्येक र्वष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।
7 त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।
8 मानिसहरू कहाँ आए अनि उहाँले संधैं गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”
10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।
11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”
13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
14 पिलातसले तिनीहरूलाई भने, “किन? उसले के त्यस्तो अपराध गरेको छ?”तर मानिसहरू झन जोर जोरसंग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकून दिय्ए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।
17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।
18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!”
19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।
20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।
21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबू शिमोन थिए। शिमोन आफ्नो खेतबाट र्फकिरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।
22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”)
23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।
24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।
25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो।
26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।”
27 तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।
28
29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?
30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु हवस्।”
31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए । तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैलाई बचाउँन सकेन।
32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्डयाईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई,एलोई लामा सबकथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पञ्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफै च्यातियो।
39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)
41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसंगै यरूशलेममा आएका थिए।
42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।
43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।
45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।
46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।
47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।




अध्याय 16

1 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे।
2 हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहाँनमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन।
3 ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
4 जब स्त्रीहरूले देखे, तिनीहरूले ढुंङ्गा हटाईएको पाए। त्यो ढुंङ्गा अति ठुलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो।
5 तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।
6 उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।
7 अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
8 ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगूरे। डरको कारणले के घटना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।(प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)
9 हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।
10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए।
11 मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।
12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन।
13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।
14 त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।
15 येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।
16 जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।
17 अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूताहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।
18 तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”
19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।
20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।